‘विराटनगरको गुमेको शाख फर्काउने गरी काम गर्छौं’

विराटनगर । नेपालकाे दोस्रो ठुलो सहर अहिले छैठौ नम्बरमा पुगेको छ । विराटनगरलाई अन्य सहरहरूले उछिनिसकेको आरोप लागेको अवस्थामा नव निर्वाचित जनप्रतिनिधिहरू विराटनगरलाई पहिलाकै दोस्रो सहरको रूपमा उभ्याउने बचन दिन थालेका छन् ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरलाई मुलुकको दोस्रो ठूलो सहरको रूपमा विकसित गर्ने लक्ष्यका साथ काम गर्ने बताए ।

एकता समाज विराटनगरले आयोजना गरेको महानगर प्रमुख, उपप्रमुख एवं जनप्रतिनिधिहरूसँग विकास, शिक्षा र सरसफाइ बारेमा छलफल गर्न आयोजित कार्यक्रममा विराटनगरको गुमेको साख फर्काउने दायित्व आएको बताए ।

विराटनगरको गुमेको साख पुनः स्थापित गर्नका साथै सफा, सुन्दर र हराभरा, एवं शिक्षित सहर बनाउने उद्देश्यले काम गरिरहेको बताए । “हाम्रो यो लक्ष्यमा सबैको साथ र सहयोग आवश्यक छ,” उनले भने, “हामी विराटनगर बनाउन आएका हौँ, हामी सबैको एउटै उद्देश्य हो विराटनगरलाई महानगरवासीले गर्व गर्न लायक सहर बनाउने ।”

जनप्रतिनिधिहरूले पार्टीभन्दा माथि उठेर नागरिकको सेवा सुविधा सहजरूपमा उपलब्ध गराउनतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । उपप्रमुख शिल्पा निराला कार्कीले महिला सशक्तीकरण, महिला स्वरोजगार र सुरक्षित सहर निर्माण गर्नेतर्फ ध्यान केन्द्रित रहेको बताइन् ।

एकता समाजका अध्यक्ष सञ्जय नेपाल, वडा नं ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने र इन्द्र खतिवडाले वडा भित्र रहेको नहरलाई पर्यटकीय स्थलको रूपमा सौन्दर्यीकरण गर्न निजी क्षेत्रको सहयोगमा कार्य गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 14 =