टाटा मोटर्सको जेनभोल्टज जेनेरेटर नेपाली बजारमा

काठमाडौँ । प्रसिद्ध भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले जेनभोल्टज जेनेरेटरको नेपाली बजारमा बिक्री वितरण आरम्भ गरेको छ ।

कम्पनीका अनुसार भारतस्थित अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टर) डिजाइन, परीक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटरको डिजेल इन्जिन जडान गरिएको छ । विभिन्न प्रयोजनहरुको लागि अत्यन्त उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनको साथै कम खर्चिलो पनि छ । २५ किलो भोल्ट देखि १२५ किलो भोल्ट क्षमतामा उपलब्ध यस जेनेरेटरमा म्यानुअल र अटोमेटिक दुवै मोडको व्यवस्था छ ।

यसले निरन्तर विद्युत प्रवाह गरी नेपालको उद्योगीकरणलाई नयाँ दिशातर्फ उन्मुख गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

‘हामी नेपालमा जेनभोल्टज जेनेरेटरको बिक्री वितरण शुभारम्भ गर्न पाउँदा धेरै खुसी छौँ,’ टाटा मोटर्सको कमर्सिअल भेहिकल बिजनेस इकाई अन्तर्गत कस्टमर केयरका ग्लोबल प्रमुख राम कृष्णनले भने । उनले टाटा मोटर्स सदैव उच्चतम एवं नवीनतम उत्पादनहरुको मार्फत आफ्नो आफ्नो ग्राहकहरुको बदलिँदो इच्छा र आकांक्षा पूरा गर्ने तर्फ कटिबद्ध रहेको बताए ।

‘टाटा मोटर्सको प्रभावकारी एवं भरपर्दो इन्जिन जडित जेनभोल्टजले नेपाली उद्योगधन्दाको अभिवृद्धिमा योगदान गर्नेछ,’ सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘सिप्रदी ग्रुप दशकौंदेखि टाटाका कमर्सिअल गाडीहरुको बिक्री तथा सेवा सम्बन्धि कार्यलाई उत्कृष्ट ढंगले सम्पन्न गर्न प्रतिबद्ध छ । र यही प्रतिबद्धता यस ग्रुपले जेनभोल्टज प्रति प्रदर्शन गर्नेमा हामी विश्वस्त छौँ ।’

कम्पनीका अनुसार टाटा जेनभोल्टजले इन्धनको कम खपत गरि उत्कृष्ट कार्यक्षमता देखाउँछ । यसका विशेष प्रकारको इन्जिनको आयु लामो छ । यो उत्पादनमा सुरक्षित एवं टिकाउ प्रयोगको लागि अन्तर्राष्ट्रियस्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता पनि छ । निर्माण एवं पूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरुलाई यो उत्पादन उपयुक्त छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 16 =