महाकाली साकोसद्वारा छोटो समयमा उल्लेख्य प्रगति, प्रथम साधारणसभा सम्पन्न

काठमाडौँ । महाकाली बचत तथा ऋण सहकारी संस्थाको प्रथम साधारणसभा शनिबार सम्पन्न भएको छ ।

स्थापनाको छोटो अवधिमा नै उल्लेख्य प्रगति गरेको उक्त संस्था काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकामा दर्ता भई सञ्चालित रहेको छ । साधारणसभामा अतिथि बोलाउने परम्परा रहँदै आएता पनि सो परम्परालाई तोड्दै संस्थाका अध्यक्ष बालकुमार बास्तोला स्वयंले सभाको उद्घाटन गरेका थिए ।

सभामा उपाध्यक्ष तिलकबहादुर खड्काले स्वागत मन्तव्य राखेका छन् भने योजना आयोगका पूर्व सदस्य प्रा.डा. भीमप्रसाद न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए ।

प्रा.डा. न्यौपानेले आफू योजना आयोगमा रहँदा सहकारी क्षेत्रको विकास र प्रवर्द्धनका लागि भूमिका खेलेको उल्लेख गर्दै महाकालीले छोटो समयमा सदस्यता र वित्तीय कारोबारका हिसाबले ठूलो प्रगति गरेकोमा खुसी व्यक्त गरेका थिए ।

साथै, उनले संस्थाको भविष्य उज्वल रहेको बताउँदै सदस्यहरूलाई ढुक्क भएर कारोबार गर्नसमेत आग्रह गरे । सहकारी सदस्यका लागि हुने भएकाले महाकाली साकोसले सदस्य र समुदायको हितलाई ध्यानमा राखेर अगाडि बढ्नेमा आफू विश्वस्त रहेको उनले बताएका थिए ।

No description available.

सभालाई सम्बोधन गर्दै अध्यक्ष बाँस्तोलाले संस्थागत सुशासनलाई प्राथमिकतामा राखी सदस्यहरूको आर्थिक समृद्धि र सामाजिक उत्थानका लागि संस्था लागिपर्ने प्रतिबद्धता जनाए । हाम्रोजस्तो समाजमा सहकारी अपरिहार्य रहेको बाँस्तोलाको भनाइ रहेको थियो । उनले सहज र सरल रूपमा वित्तीय तथा अन्य सेवा लिन सहकारी उपयुक्त माध्यम भएको बताएका थिए ।

अध्यक्ष बाँस्तोलाले संस्थाको कार्यक्षेत्र विस्तार गर्ने, नीति, विधि र प्रविधिमा संस्था सञ्चालन गर्ने, मर्जर अभियान चलाउने र संस्थामा वित्तीय अनुशासन कायम गरी सदस्यहरूलाई उचित प्रतिफल दिने आगामी योजनाबारे पनि चर्चा गरे ।

१५ वर्षदेखिको बैंक, वित्तीय तथा सहकारी क्षेत्रको अनुभलाई प्रयोग गर्दै आधुनिक प्रविधिमार्फत समृद्द जीवनका लागि सहकारी भन्ने लक्ष्यका साथ अगाडि बढ्ने र आबद्ध सदस्यहरूको आर्थिक सामाजिक एवं सांस्कृतिक सम्वृद्धिको सुनिश्चित गर्ने अध्यक्ष बाँस्तोलाले बताए ।

हालसम्म संस्थाले ४ करोड ८० लाख कुल कारोबार गरेको छ भने शेयर पुँजी ३ करोड २० लाख, बचत संकलन १ करोड ६० लाख तथा ऋण लगानी ४ करोड २२ लाख गरी १० लाख नाफा आर्जन गरेको छ । संस्थामा हालसम्म १४९ सदस्य आबद्ध रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =