ककनीकाे ‘हाइ भोल्टेज’ तारमा चढेका माइलाकाे सेनाले गर्याे उद्धार
२०७९ जेठ २८ गते

काठमाडौँ । नुवाकाेटकाे ककनीस्थित बिजुलीको हाइ भोल्टेज तारमा चढेका माइला विककाे नेपाली सेनाले उद्धार गरेकाे छ ।
बिहान ११ बजेदेखि हाइ भाेल्टेज तारमा चढेका उनकाे केहीबेरअघि नेपाली सेनाकाे हेलिकाेप्टरद्वारा उद्धार गरिएकाे सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।
माइलाको उद्धार हेलिकोप्टरबाटमात्रै सम्भव देखिएकाले नेपाली सेनाको चारजनाको टोली हेलिकोप्टरमा त्यसतर्फ प्रस्थान गरेको थियो ।
२०७९ जेठ २८ गते
प्रतिक्रिया
सम्बन्धित








