गठबन्धनले हामीलाई ठिक ढंगले मूल्याङ्कन र सम्मान गर्न सकेनः नेता खनाल (भिडिओ)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठिक ढंगले मूल्याङ्कन र सम्मान गर्न नसकेको बताएका छन् ।

स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगर वडा नं १५ का समाजवादी उम्मेदवारलाई विजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार व्यक्त गर्न शनिबार आयोजित कार्यक्रममा खनालले निर्वाचनमा गठबन्धनले ठीक ढंगले मुल्यांकन र सम्मान गर्न नसकेको र जसका कारण पार्टीलाई धेरै फाइदा नभएको बताएका हुन् ।एक्लै निर्वाचन लडेका स्थानमा पार्टीले राम्रो विजय हासिल गरेको उनले दाबी गरेका छन् । १५ वडामा पनि तालमेल गर्दा सबै पद गुमाउनुपर्ने भएकाले नै एक्लै चुनाव लड्ने निर्णय गरेको र सफलता प्राप्त भएको उनको भनाइ छ ।

खनालले विद्रोहबाट गठन गरेको पार्टी आठ महिनाभित्रै राष्ट्रव्यापी बन्न सफल भएको भन्दै आगामी दिनमा जनतालाई भरोसा दिलाएर संगठनलाई विस्तार र व्यापक बनाउँदै लैजानुपर्ने धारणा राखे । काठमाडौँको मेयरमा नयाँ मान्छे विजयी भएकाले सबैले सहयोग गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले जनप्रतिनिधिले जनताको भावना अनुसार घोषणापत्रमा उल्लेख विषयलाई कार्यान्वयन गराउन ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

भिडिओः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *