आफैले काम गर्ने बसको ठक्करबाट सह-चालकको मृत्यु
२०७९ जेठ २७ गते

चितवन । पृथ्वी राजमार्गको मौवाखोलामा बसको ठक्करबाट सह-चालकको मृत्यु भएको छ । आज बिहान ४ बजेको समयमा इच्छाकामना गाउँपालिकाको मौवाखोलामा बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहालको मृत्यु भएको हो ।जि
ल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट भारतको सिलगढीतर्फ जाँदा गरेको बा ५ ख ७८४३ नम्बरको नेपाल भारतमैत्री बसले सोही बसका सहचालक दाहाललाई ठक्कर दिएको थियो ।
दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ भने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ । -रासस
२०७९ जेठ २७ गते
प्रतिक्रिया
सम्बन्धित








