सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु

विराटनगर । तेह्रथुम र पाँचथरमा भएको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका-१ को भित्री सडक खण्डबाट म्याङलुङबाट तमोर तर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त ४९८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

चालक फेदाप गाउँपालिका-५ ईसिबुका २६ वर्षीय रबिन खापुङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका-७ सल्लेरीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पाँचथरबाट झापा तर्फ जाँदै गरेको मे १ ख २४९४ नम्बरको ट्याङ्करले र विपरीत दिशा तर्फ जाँदै गरेको को.५ प २३३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक रामधुनी नगरपालिका-७ सुनसरीका प्रेम घिसिङको उपचारको क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =