पिएन क्याम्पसकी विद्यार्थीले सेती नदीमा हाम फालिन्
२०७९ जेठ २५ गते

प्रतीकात्मक तस्वीर
पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत एक छात्रा सेती नदीमा हाम फालेकी छन् ।
पोखरा २ नारायणस्थानबाट उनी नदीमा हामफालेकी हुन् । धादिङ घर भई हाल पोखरा बसेर पृथ्वीनारायण क्याम्पसमा पढ्दै आएकी कन्चन अवस्थी नदीमा हामफालेको प्रहरीले जनाएको छ ।
उनी पोखरा १ को अधिकारी टोलमा कोठा भाडा लिएर बस्दै आएक थिइन् । अहिले उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।
उनी हामफालेको ठाउँबाट पिएन क्याम्पसमा अध्ययन गर्दै गरेको परिचयपत्र भेटिएको थियो । घटनाबारे भने प्रहरीले खोजी सुरु गरेको छ ।
२०७९ जेठ २५ गते
प्रतिक्रिया
सम्बन्धित









