पिएन क्याम्पसकी विद्यार्थीले सेती नदीमा हाम फालिन्

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत एक छात्रा सेती नदीमा हाम फालेकी छन् ।

पोखरा २ नारायणस्थानबाट उनी नदीमा हामफालेकी हुन् । धादिङ घर भई हाल पोखरा बसेर पृथ्वीनारायण क्याम्पसमा पढ्दै आएकी कन्चन अवस्थी नदीमा हामफालेको प्रहरीले जनाएको छ ।

उनी पोखरा १ को अधिकारी टोलमा कोठा भाडा लिएर बस्दै आएक थिइन् । अहिले उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।

उनी हामफालेको ठाउँबाट पिएन क्याम्पसमा अध्ययन गर्दै गरेको परिचयपत्र भेटिएको थियो । घटनाबारे भने प्रहरीले खोजी सुरु गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *