बाल याैन दुर्व्यवहारका आरोपित वार्डेनलाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतको स्वीकृती

काठमाडाैँ । बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका सर्वनाम शिक्षालयका होस्टेल वार्डेन रामजी बस्नेतलाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न आज काठमाडौँ जिल्ला अदालतले स्वीकृत दिएको छ ।

वार्डेन बस्नेतलाइ होस्टेलमा बस्ने छात्राहरूको विभिन्न अंग सुम्सुम्याउने, काखमा राखेर अश्लील भिडिओ एवं फोटोहरू देखाउने गरेको आरोप लागेको छ ।

आरोप लागेसँगै शनिबार फरार रहेका उनलाइ रामेछाप बाट स्थानिय प्रहरीको सहयोगमा पक्राउ गरि काठमाडौ ल्याइएको थियो ।

बौद्ध प्रहरीको हिरासतमा रहेका बस्नेतलाइ प्रहरीले बाल यौन दुर्व्यवहार अन्तर्गत मुद्दा चलाउने गरि आज जिल्ला अदालत काठमाडौबाट ७ दिन थुनामा राख्न आदेश लिएको हो ।

बौद्ध प्रहरीका अनुसार अब उनीमाथि बाल यौन दुर्व्यवहार अन्तर्गत अनुसन्धान गरी मुद्दा अघि बढाइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =