निजामती कर्मचारी संगठनको प्रदेश अध्यक्षमा पराजुली सर्वसम्मत
२०७९ जेठ २३ गते

विराटनगर । नेपाल निजामती कर्मचारी संगठन प्रदेश १ को अध्यक्षमा काशीराज पराजुली निर्वाचित भएका छन् । उदयपुर जिल्लाको गाईघाटमा सम्पन्न नेपाल निजामती कर्मचारी संगठन प्रदेश कार्यसमितिका पराजुली सहित २६ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित भएको हो ।
संगठनको उपाध्यक्षमा झापाकी भिमा भट्टराई र उदयपुरका फणीन्द्र विश्वकर्मा निर्वाचित भएका छन् । महासचिवमा सुनसरीका रेवती पोखरेल, सचिवमा झापाका राजु गिरी, मोरङका रमेश खतिवडा, ओखलढुङ्गाका प्रबल घिमिरे सर्वसम्मत भए । त्यस्तै कोषाध्यक्षमा झापाकै ठगेन्द्र पौडेल चयन भए ।
नव निर्वाचित अध्यक्ष पराजुलीले कर्मचारीको हित, नागरिकको सेवा प्रवाह लगायतमा संगठनले प्रभावकारी भूमिका खेल्ने बताए ।
२०७९ जेठ २३ गते
प्रतिक्रिया
सम्बन्धित









