गठबन्धन आगामी चुनावसम्म रहन्छ : कांग्रेस प्रवक्ता महत

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पाँच दलीय गठबन्धन आगामी संघ र प्रदेशको चुनावसम्म रहने दावी गरेका छन् ।

नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर ३ ले आज भरतपुर २१ पार्वतीपुरमा आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा नेता महतले पाँच दलीय गठबन्धन अझ कसिलो भएर अगाडि बढ्दै चुनावसम्म जाने बताए ।

कार्यक्रममा प्रवक्ता महतले भने, ‘भावनाले मात्रै परिणाम ल्याउन सक्दैन, गठबन्धनको रणनीतिक निर्णयले मात्रै आगामी निर्वाचनमा कांग्रेसको पक्षमा परिणाम ल्याउन सक्छ ।’

उनले पार्टीको अन्तर्घातको रोग अझै निको नभएको भन्दै यसलाई निको पार्न जटिल खालको सिटामोलको आवश्यकता रहेको बताए। उनले अगामी मंसिरमा प्रदेश र संघको निर्वाचन हुनेमा कुनै शंका नगर्न पनि सबैसँग आग्रह गरे ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले नेपाली कांग्रेस एकल चुनावमा जान सक्ने वातावरण बनाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =