आइतबारदेखि मुग्लिन–पोखरा सडक विस्तारको काम गरिने

चितवन । जेठ २२ गते आइतबारदेखि मुग्लिन–पोखरा सडक विस्तार काम हुने भएको छ ।

मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँले एक सूचना जारी गर्दै
आइतबारदेखि मुग्लिन–पोखरा सडक विस्तार काम अघि बढ्ने जनाएको छ ।

सूचनामा दैनिक पाँच घण्टा बाटो बन्द गरेर सडक विस्तारलाई अघि बढाइने जनाइएको छ । सूचनामा हरेक दिन राति ११ बजेदेखि बिहान ४ बजेसम्म पाँच घण्टा मुग्लिङ पोखरा सडकखण्डको विस्तार काम हुने बताइएको छ । यस समयमा सवारी साधन रोकिनेछन् । तनहुँको घाँसीकुवा सडक खण्डबाट काम सुरू गरिनेछ ।

अर्को सूचना जारी नहुन्जेलसम्म सडक विस्तारको समयमा यस सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न सूचनामा आग्रह गरिएको छ । एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा मुग्लिन पोखरा सडक चार लेनमा विस्तार गर्न लागिएको हो । चार लेनको सडक सीमा दुईतर्फी २५ र २५ मिटर हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =