देउवा र ओलीलाई भेटपछि बालेनले भने, काठमाडौँको विकासका लागि सबैको साथ चाहिन्छ, भेटलाई अन्यथा नलिउँ

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडाैँकाे विकासका लागि सबैकाे साथ चाहिने बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेकाे फाेटाे सामाजिक सञ्जालमा राख्दै उनले आफ्नो अभियान लामाे र पवित्र भएकाले सबैकाे साथ सहयाेग चाहिने बताएका छन् ।
उनले लेखेका छन्, ‘हाम्रो लक्ष्यहरु विशाल र पवित्र छन् । आममान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन विशेष र बृहत सोचको आवश्यकता छ । यसका लागि सबैसँग सहकार्य अनिवार्य छ ।’
स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी, समूह वा नेताप्रति निरपेक्ष रहनु भएकाे बताउँदै उनले सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नु पनि निरपेक्षता रहेकाे उल्लेख गरे ।
त्यस्तै, उनले काठमाडाैँकाे विकास र उन्नतिका लागि धेरै पहिलादेखि मानिसहरूसँग भेटेकाे र भावी दिनमा पनि याे क्रम जारी रहने बताए । उनले भेटघाटलाई अन्यथा नबुझ्दिन समेत सर्वसाधारणमा अपिल गरेका छन् ।
उनकाे अपिल जस्ताकाे तस्तैः









