काठमाडौँमा सवारी दुर्घटना: १८ महिने शिशु गम्भीर घाइते, आमाको मृत्यु

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा बस र स्कुटर एक-आपसमा ठोक्किँदा स्कुटरमा सवार १८ महिने शिशुको आमाको मृत्यु भएको छ ।

आज मंगलबार दिउँसो गोकर्णेश्वर नगरपालिका- ८ छहारी क्लबसँगै जोरपाटीबाट गोकर्णतिर गइरहेको बा ३ ख ५४३३ को भाडाको बसले सोही दिशाबाट आइरहेको बा ८४ प ५५६० नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार लिखुपिके गाउँपालिका-१ कप्ती स्थाइ घर भई हाल गोकर्णेश्वर नपा ४ बस्ने वर्ष ३२ कि आङ पुटि शेर्पाको घटनास्थलमै मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परी उनका श्रीमान र साथमा रहेको अन्दाजी १८ महिनाको शिशु (बालक) गम्भीर घाइते भएका छन् । घाइतेको अहिले नेपाल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =