निजी क्षेत्रमैत्री बजेट आएको भन्दै आरती स्ट्रीप्सले गर्यो स्वागत

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारले संसदमा प्रस्तुत गरेको बजेट बजेटमा नीजी क्षेत्र भएको भन्दै आरती स्ट्रिप्स प्रालिले स्वागत गरेको छ । निजी क्षेत्रले बिगतदेखि उठाउँदै आएको विभिन्न माग बजेटले सम्बोधन गरेको र व्यापार सन्तुलन ल्याउन खोजेको कम्पनीले बताएको छ ।

उत्पादन मुलक उद्योगको जग्गा हदबन्दी सम्बन्धमा, नेपाल सरकारको जग्गा ५० बर्षसम्मको लागि भाडामामा उपलब्ध गराउने सम्बन्धमा, आत्मनिर्भर भएका उद्योगलाई निर्यात गर्दा ८ प्रतिशतसम्म नगद प्रोत्साहन दिने कुरा सकारात्मक रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आइरन, वायर रड, कर्कट जस्तापाता लगायतका अन्य फलामजन्य सामाग्रीहरुमा देश आत्मनिर्भर भएको अवस्थामा आयात प्रतिस्थापनको नीति हुने स्वगतयोग्य रहेको छ ।

त्यस्तै, स्वदेशी तथा विदेशी लगानीमा स्थापित उद्योगहरुले अब सहज रुपमा ब्यापार व्यवसाय गर्ने बाटो खुलेको र आयातित फलामजन्य समाग्रीबाट स्वदेशी उत्पादनलाई कुनै पनि समस्या नरहेको कम्पनीले जनाएको छ ।

नेपाल स्टील, जस्तापाता, बिभिन्न बायर एवं फलामजन्य वस्तुमा आत्मनिर्भर रहेको छ र अब हरेक उद्योग स्वतः स्फुर्त रुपमा सञ्चालन हुनेमा दुइमत छैन । यसका साथसाथै सरकारले वार्षिक १० करोडभन्दा बढी बिजुली खपत गर्ने उद्योगलाई न्यूनतम २ देखि १५ प्रतिशत छुट दिने घोषणा गरेको छ । तयारी अवस्थामा निर्माण भई बाहिर निर्यात गर्ने सामानका लागिसमेत राम्रो व्यवस्था गर्नुका साथसाथै मुलुकमा औद्योगिक क्षेत्रको विकास गर्न, वैदेशिक लगानी आर्कर्षित गर्न एवं आयात प्रतिस्थापन गरी निर्यातलाई प्रवर्द्ध गर्न सजिलो भएको कम्पनीले जनाएको छ ।

यसका साथसाथै अर्पाटमेन्टहरु बिदेशी नागरिकलाई बिक्री गर्न दिने बजेटको प्रावधानसँगसँगै नेपालमा स्थापित सिमेन्ट र डण्डी उद्योगहरु बिक्री बितरण हुन सरकारको राजस्वमा समेत थप वृद्धि हुन जाने देखिन्छ ।

नेपाल सरकारद्धारा प्रस्तुत गरिएको र निजी उद्योगहरुलाई प्रोत्साहन एवं संरक्षण गर्नेगरी ल्याइएको यस बजेटलाई स्वागत गर्दै र नेपाल सरकारलाई धन्यवाद दिँदै यसमा गरिएका व्यवस्थाहरु चाडोभन्दा चाडो प्रभावकारी ढंगले कार्यान्वयन गर्न आरती स्ट्रीप्स प्रालि नेपाल सरकारसँग अनुरोध गर्दछौँ । आरती स्ट्रीप्स प्रालि नेपालकै सबैभन्दा ठूलो बैदेशिक लगानीमा स्थापित फलामजन्य सामाग्री उत्पादक कम्पनी हो जो मोरङ्गको विराटनगरस्थित टंकीसिनावरीमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − three =