काठमाडाैँमा बर्खाभर नआउने भयो मेलम्ची

काठमाडौँ । काठमाडाैँकाे बहुप्रतिक्षित खानेपानी परियाेजना पुनः बन्द गरिएकाे छ ।

सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरु भएकाले सुरुङभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएको भन्दै मंगलबार बिहान ८ बजेदेखि मूल ढोका बन्द गरिएको हो ।

बालुवा गेग्रानसहितको धमिलो पानी टनेलभित्र प्रवेश गरेको भन्दै टनेलको सुरक्षार्थ मूल ढोका बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मूल ढोका बन्द गरिएसँगै महांकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ । त्यस्तै, आजैदेखि मेलम्ची खानेपानी वितरण समय तालिका समेत हेरफेर गरिएको छ ।

नेपाल सरकार, खानेपानी मन्त्रालयले मेलम्ची मुहान जलाधार क्षेत्रको भौगोलिक अध्ययन गरी प्राप्त हुने प्रतिवेदनको आधारमा दिगो रूपमा मेलम्ची खानेपानी व्यवस्थापनको लागि प्रयास भइरहेको आयोजनाले जनाएकाे छ ।

बन्द गरिएको सुरूङ मार्ग अब एकैपटक कार्तिकमा मात्रै खोलिने जनाइएको छ । गत वर्षको १ असारमा आएको बाढीका कारण मेलम्चीको मुहानमा क्षति पुगेको थियो । मर्मत सम्भार गरेर गत ११ वैशाखबाट पानी सुरुङमार्गमा पठाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 15 =