विपद् व्यवस्थापन कार्ययोजना बनाउन नगर प्रमुखको निर्देशन

काठमाडौँ । वर्षायाममा हुनसक्ने सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारीरूपमा विपद् व्यवस्थापन कार्ययोजना बनाउन चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले निर्देशन दिएका छन्।

आज चाँगुनारायण नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा उनले नगर क्षेत्रमा विभिन्न प्राकृतिक प्रकोपको जोखिम रहेकाले विपदबाट हुने क्षति कम गर्न र विपद् प्रभावितको तत्काल उद्धार एवं राहत पुग्ने गरी कार्ययोजना बनाउन उनले निर्देशन दिए।

चाँगुनारायणका नागरिकको स्वास्थ्यका सन्दर्भमा कुनै कसर बाँकी नराख्ने र नगरपालिकाबाट प्रदान गरिने कामहरूलाई जनमैत्री बनाइने उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =