चितवनको राप्तीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
२०७९ जेठ १६ गते

सांकेतिक तस्वीर
चितवन । चितवनको राप्तीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
राप्ती–१ स्थित चितवन राष्टिय निकुञ्जभित्र घाँस काटने क्रममा स्थानीय ५५ वर्षकी सोतीमाया तामाङको बाघको आक्रमणबाट मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
घटनास्थलमा मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट लोथर र इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी टोली खटिई अनुसन्धानको कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।
२०७९ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित









