फोहोरमैला व्यवस्थापन नहुँदासम्म भत्ता नलिने वडा नम्बर १५ का वडाध्यक्षकाे घाेषणा

काठमाडाैँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले काठमाडाैँ महानगरकाे फोहोर व्यवस्थापन नभएसम्म बैठक भत्ता नलिने घाेषणा गरेका छन् ।

काठमाडौँका नवनिर्वाचित मेयर बालेन शाहले आज राखेको नगर कार्यपालिका बैठकमा बोल्दै वडाध्यक्ष डंगोलले बैठक भत्ता नलिने घाेषणा गरेका हुन् ।

‘फोहोर व्यवस्थापन नभइरहेको अवस्थामा यो बैठकको भत्ता म लिन्नँ,’ उनले भने, ‘यो नोट गर्नुहोला । फोहोर व्यवस्थापन नभएको कारण म बैठक भत्ता लिन्नँ । पछि बैंक खातामा भत्ता भनेर नपठाउनुहोला ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =