१४ जिल्लाका २८ महिला उद्यमी सम्मानित

विराटनगर । प्रदेश १ का २८ जना महिला उद्यमीलाई सम्मान गरिएको छ। प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले महिला अधिकार दिवसको अवसर पारेर प्रदेश १का १४ जिल्लाका २८ जना महिला उद्यमीलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरूमा ताप्लेजुङको फुलिंग २ की नैनकला गुरुङ, फुङलिङ ७ की कौशिला देवान मादेन, पाँचथरकी दिकी शेर्पा जुनुकुमारी लावतीलाई पनि सम्मान गरिएको छ। त्यस्तै इलामको सन्दकपुर गाउँपालिका ३ की विमला ढुंगेल, चुलाचुली २ की सन्तकुमारी राई, बिर्तामोड ५ झापाकी उमा कटुवाल भण्डारी, भद्रपुर ८ का अनिता कार्की र शर्मिला अधिकारीलाई पनि सम्मान गरिएको छ । मोरङको ग्रामथानकी गोरकी कुमारी विस्वास, इटहरीकी धनकुमारी तामाङ, वराहक्षेत्रकी मुना न्यौपाने पाण्डेलाई पनि सम्मान गरिएको छ ।

महालक्ष्मी नगरपालिका धनकुटाकी सुमित्रा बुढाथोकी, धनकुटा नगरपालिकाकी ईश्वरी मस्राङ्गी, तेह्रथुमको म्याङलुङकी शान्तिला फुदोङ, फेदाप गाउँपालिकाकी बिष्णुमायाँ लिम्बुलाई पनि सम्मान गरिएको मन्त्रालयले जनाएको छ ।

भोजपुरकी रसिला ताम्राकार र संगिता श्रेष्ठ प्रधान, सङ्खुवासभाको सिलिचोङकी शान्ता राई र मादीकी कुमारी वर्देवा, सोलुखुम्बुको माम्यदुधकोशीकी रमामायाँ विश्वकर्मा,थुलुङ दुधकोशीकी पार्वती राई, ओखुलढुंगाको सिद्धिचरण नगरपालिकाकी भोजकुमारी श्रेष्ठ र मानेभञ्ज्याङकी सरिता राईलाई पनि मन्त्रालयले सम्मान गरेको हो ।

खोटाङको भद्रकुमारी श्रेष्ठ र झरना श्रेष्ठ, उदयपुरको त्रियुगा नगरपालिकाकी विन्दामायाँ कार्की र दुर्गा दनुवारलाई पनि सम्मान गरिएको छ । सम्मानित हुने महिलाहरूले भैँसी पालन फर्म, भुजिया उद्योग, कृषि फर्म, ब्युटी पार्लर, ढाका उत्पादन, टेलर्स सञ्चालन गरेका छन् । पोल्टी फर्म सञ्चालन, मोटरसाइकल वर्कसप सञ्चालन, दुग्ध उत्पादन, ललिपप उद्योग, फुड ईण्डष्ट्रिज सञ्चालन, बुटिक र अचराको फुलबुट्टा, कटिङ सेन्टर र डेरी उद्योग सञ्चालन गरेका महिला उद्यमीहरूलाई जनही ५० हजारका दरले सम्मान गरिएको हो ।

सम्मान पछि कार्यक्रममा बोल्दै प्रदेश १ सामाजिक विकास मन्त्री राजन राईले सबैलाई समान रूपमा अगाडी बढाउनको लागि उद्यम र व्यवसायिक क्षेत्रमा लागेका महिलालाई सम्मान गरिएको बताए । महिलाहरूमा अझै असमानता र विभेद रहेको भए पनि हिजोको जस्तो अहिलेको अवस्था नरहेको उल्लेख गरिन् । ‘अहिले हिजोको जस्तो अवस्था छैन,’ उनले भने, ‘आज धेरै महिलाहरू उद्यमी बनेका छन् । सिप सिकेर अघि बढेको अवस्था छ ।’

सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्बाहाम्फेले मन्त्रालय उपलब्ध गराएको रकम बिउ पुँजीको रूपमा केही सहयोग गरी प्रोत्साहन गरिएको बताइन्। महिलाको विषय नीति तथा कार्यक्रममा महिलाको विषय प्राथमिकतामा पर्नु पर्ने बताइन् । संघीय सरकारले प्राथमिकतामा नपरेको भए पनि प्रदेश सामाजिक विकास मन्त्रालयले स्पष्ट रूपमा बजेट नीति तथा कार्यक्रममा महिलाको विषय प्राथमिकतामा राखिने उल्लेख गरिन् । सबै क्षेत्रमा महिलालाई ३३ प्रतिशतको उपस्थिति हुनेगरि कार्यान्वयनमा लग्नु पर्नेमा तुम्बाहाम्फेले जोड दिइन् ।

प्रदेश १ का प्रमुख सचिव डा रामप्रसाद घिमिरेले आफूजस्तै अन्य दिदी बहिनीलाई पनि उद्यमी बनाउन आग्रह गरे । आत्म निर्भर अर्थतन्त्र, उत्पादनमा आधारित अर्थतन्त्रमा महिलाले खेलेको भूमिकाकोमा प्रशंसा गरे । सीपमा आधारित उत्पादन र उद्योगलाई प्रोत्साहन गर्ने राज्यको नीति अनुसारको महिला सशक्तीकरणको अभियानको रूपमा लिइएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =