पोखराका नयाँ मेयरले सारेर चोरिएको फूल भेटियो
२०७९ जेठ १६ गते

पोखरा । पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले पदस्थापनका दिन सारेको फूल चोरी भएको छ ।
उक्त फूल बैदामस्थित तालबाराही माविको खुला व्यायामशाला नजिक भेटिएको छ । खोजी गर्दै जाँदा त्यहाँ निलो प्लास्टिकभित्र राखिएको अवस्थामा फूल भेटिएको हो ।
याे पनि : पोखराका मेयर आचार्यले सारेका फूल चोरी
उक्त फूललाई अहिले बैदाम प्रहरीमा बुझाइएको छ । चोरीबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । मेयर आचार्य सहित नयाँ जनप्रतिनिधिले उक्त फूल जीरोदेखि हल्लनचोक सडक खण्डमा बनाइएको डिभाइडरमा सारेका थिए ।
२०७९ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित









