पोखराका मेयर आचार्यले सारेका फूल चोरी
२०७९ जेठ १५ गते

पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले भव्य कार्यक्रम गरेर पदस्थापन अघि फूलका बिरुवा सारे । पोखरालाई फूलैफूलको सहर बनाउने उद्घोषसहित सारिएका बिरुवा २ दिन नबित्दै गायब भएका छन् ।
मेयर धनराज आचार्य, उपमेयर मन्जुदेवी गुरुङसहित वडाध्यक्ष र सदस्यहरूले पोखराको जिरो देखि हल्लनचोक सडकमा बनाइएको डिभाइडरमा फूल रोपेका थिए । ती फूलका बिरुवा शनिबार राती चोरी भएको हो ।
मेयर आचार्यले सारेका सहित १० वटा बिरुवा चोरी भएको स्थानीयले बताए ।
२०७९ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित









