सुनसरीमा करेन्ट लागेर एकजनाको मृत्यु
२०७९ जेठ १३ गते

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
मेहताटोलमा दिउँसो छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुन गई करेन्ट लागेको स्थानीयले बताएका छन्। करेन्ट लागेर सोही गाउँका ४० वर्षीय जिवानन्द मेहता गम्भिर घाइते भएका हुन्।
घाइते मेहतालाई उपचारकोलागि जिल्ला अपताल सुनसरी लगिएकोमा अस्पताल पुर्याउनासाथै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
२०७९ जेठ १३ गते
प्रतिक्रिया
सम्बन्धित









