६ हजार एमएएच ब्याट्री क्षमता भएको रेडमी १० नेपाली बजारमा

काठमाडाैँ । शाओमीले नेपाली बजारमा रेडमी १० सार्वजनिक गरेको छ । स्मार्टफोनको बजारमा हुने चुनौतिलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ शाओमीले रेडमी १० सार्वजनिक गरेको हो ।
नयाँ फोन सार्वजनिक गर्दै शाओमी नेपालका महाप्रबन्धक अमित कुमार पंडाले भने, ‘हाम्रो लागि उपभोक्ता नै हाम्रो केन्द्रबिन्दु हो । जसले गर्दा हामीलाई शाओमीले प्रयोग गर्ने प्रविधि सबैका लागि पहुँच योग्य बनाउन प्रेरित गर्छ । कम बजेटमा राम्रो पर्फमेन्स खोज्नेहरूका लागि रेडमी १० सबैभन्दा उत्कृष्ट विकल्प हुन सक्छ ।’
रेडमी १० मा फ्ल्यागशिप उपकरणहरूमा पाइने स्न्यापड्रागन ६८० र ६ एनएम प्रोसेसरहरू छ । अग्रणी वर्गको प्रोसेसर, स्न्यापड्रागन ६८० र ६ हजार एमएएचको ब्याट्रीले उपभोक्ताहरूलाई सहज अनुभव सुनिश्चित गर्ने कम्पनीको दाबी छ । साथै, ६.७१ इन्च डिस्प्ले रहेको यो फोन चलाउन पनि सहज छ ।
सुरक्षाको लागि फोनमा फिंगरप्रिन्ट सेन्सर प्रविधि छ । १.१३ एमएम मोटाई र २०३ ग्राम वजन भएको यो फोन हलुका पनि छ ।
रेडमी १० मा कुल तीन सेन्सरहरू छन् । पछाडिको डुअल क्यामेरा सेटअपमा ५० मेगापिक्सल प्राइमरी सुटर र २ मेगापिक्सल डेप्थ क्यामेरा समावेश छ भने सेल्फी र भिडियो कलहरूको लागि ५ मेगापिक्सल क्यामेरा समावेश गरिएको छ। रेडमी १० मा रिअर र फ्रन्ट क्यामेरा दुवैबाट गुणस्तरीय फोटा तथा भिडिओ खिच्न सकिन्छ ।
नेपाली बजारमा रेडडी १० कालो, निलो र हरियो गरी तीन विभिन्न रंग विकल्पमा उपलब्ध छ ।
कम्पनीले रेडमी १० ४ जिबी र्याम र ६४ जिबी आन्तरिक स्टोरेज संस्करणको मूल्य जम्मा १८ हजार नौ सय ९९ रूपैयाँ तोकेको छ। त्यस्तै, हाई-एन्ड ६ र्याम र १२८ जिबी आन्तरिक स्टोरेज भएको संस्करणको मूल्य २१ हजार नौ सय ९९ रूपैयाँ तोकिएको छ।









