मत जित्न सकिनँ, मन जितेँ : सिर्जना सिंह
२०७९ जेठ १३ गते

काठमाडौँ । गठबन्धनबाट नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले विजयी प्रत्यासी बालेन्द्र साहलाई बधाइ दिएकी छन् ।
उनले सामाजिक सञ्जालमा बधाइ सन्देश लेख्दै आफूले मत जित्न नसके पनि नगरवासीको मन जितेको समेत उल्लेख गरेकी छन् ।
‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें ।’
उनले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने र निर्वाचित मेयरलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिबद्धता पनि गरेकी छन् ।
२०७९ जेठ १३ गते
प्रतिक्रिया
सम्बन्धित









