गेटा मेडिकल कलेज नीति तथा कार्यक्रममा नसमेटिएपछि सुदूरपश्चिममा विरोध

धनगढी । कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सरकारको नीति तथा कार्यक्रममा नसमेटिएपछि विरोध सुरू भएको छ ।

करिब ९० प्रतिशत भौतिक पूर्वाधार तयार भइसकेको उक्त मेडिकल कलेजलाई सरकारले बेवास्ता गरेको भन्दै सुदूरपश्चिमबासी आन्दोलित भएका हुन् । मेडिकलेज बन्नुपर्ने माग गर्दै संघर्ष समिति गठन गरेर आन्दोलनको तयारी गरिएको छ ।

यद्यपि प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने योजना नीति तथा कार्यक्रममा समेटिएको छ ।

गेटा मेडिकल कलेजको २०७३र०७४ सालबाट निर्माण थालिएकोमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएपनि सञ्चालनमा आउन सकेको छैन । मेडिकल कलेज नीती तथा कार्यक्रममा नसमेटिएपछि आन्दोलनका लागि संघर्षका कार्यक्रम गरिने नेपाली काङ्रेस कैलालीका सचिव निर्पबहादुर सुनारले बताए ।

अत्तरियामा चक्काजाम
गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै कैलालीको अत्तरियामा चक्काजाम गरिएको छ ।

अत्तरियामा स्वस्फूर्त युवाहरूको समूहले चक्काजाम गरेका हुन् । उनीहरुले करिब एक घण्टा चक्काजाम गरे । सञ्चालनको पर्खाइमा रहेको गेटा मेडिकल कलेजलाई सरकारले वेवास्ता गरिएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *