निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडल तयार गरिने

काठमाडौँ । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानी र निर्माणको ढाँचा तय गरेर अघि बढाइने जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् । आर्थिक वर्ष २०८०/८१ देखि उक्त विमानस्थल निर्माण अघि बढाउने गरी ढाँचा तय गरिने सरकारको नीति कार्यक्रममा रहेको उनले बताएकी छन् ।

निर्माण भइसकेका क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरुको पूर्ण सञ्चालनका लागि आवश्यक प्रवन्ध मिलाइने समेत उल्लेख गरिएको छ ।

त्यस्तै, चन्द्रगढी, वीराटनगर, राजविराज, सिमरा, भरतपुर, नेपालगञ्ज, धनगढी विमानस्थलमा टर्मिनल निर्माणको कार्य समेत सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै सरकारले चालू आवबाटै सुर्खेतको भेरीगंगा रामघामा प्रादेशिक विमानस्थल निर्माण सुरु गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =