विजयले रेनुलाई भने– राम्रोसँग नगरको विकास गर्नूहोला, शुभकामना !

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका उमेदवार रेनु दाहाल विजयी भएको घोषणापछि उनलाई प्रतिस्पर्धी विजय सुवदीले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

मतगणनास्थलमै पुगेर दाहाललाई सुवेदीले भने, ‘राम्रोसँग नगरको विकास गर्नुहोला, शुभकामना ।’

राप्रपा र एमालेका उमेदवार सुवेदीले उपमेयरमा निर्वाचित चित्रसेन अधिकारीलाई पनि बधाई दिएका छन् । सुवेदीले दाहाल र अधिकारीलाई खादा र टीका लगाउँदै शुभकामना दिएका थिए ।
महानगरको मेयरमा रेनु दाहालले ५२ हजार ३० मत ल्याएर विजयी भएकी हुन् । नेता सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याएका थिए। रेनु २०७४ को चुनावमा पनि भरतपुरको मेयरमा निर्वाचित भएकी थिइन् ।

उपमेयर उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मत ल्याएर विजयी भएका थिए ।

एमाले राप्रपाबाट उपमेयर उम्मेदवार राप्रपाकी नेता हिमला गुरुङले ३० हजार ६१२ मत ल्याएकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =