वीरगञ्जमा गठबन्धनका उम्मेदवार सिंहकाे जित पक्का
२०७९ जेठ ९ गते

काठमाडाैँ । वीरगन्ज महानगरपालिकाको मेयरमा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंह जित पक्का भएकाे छ ।
महानगरको जारी मतगणनामा मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सरावगीको भन्दा जसपाका उम्मेदवार राजेशमान सिंहले २० हजार भन्दा धेरै मतकाे मतान्तर राखेका छन् । जबकी अब ८ हजार ५३१ मत मात्रै बाँकी छ।
अब गन्न बाँकी रहेको मत भन्दा निकट प्रतिद्वन्द्वी भन्दा उनले अग्रता लिएको मतको संख्या दोब्बर भन्दा पनि बढी भएका कारण राजेशमानको जित सुनिश्चित भएको हो।
कुल मतदान भएको ९३ हजार ७८२ मतमध्ये ८५ हजार भन्दा धेरै मत मत गणना भइसकेको छ । यो अवस्थामा राजेशमानले ४१ हजार ६२८ मत पाएका छन् उनका निकटतम प्रतिद्वन्द्वी सरावगीले भने २१ हजार ३५५ मतमात्रै ल्याएका छन् ।
तेस्रो स्थानमा रहेका राप्रपाका मेयर उम्मेदवार गिरिश गिरीले भने ३ हजार ७२ मत पाएका छन्।
२०७९ जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित








