काठमाडौँमा सिंह र स्थापितबीच प्रतिस्पर्धा; बालेन ४२९०२ मतसहित शीर्ष स्थान
२०७९ जेठ ९ गते

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका स्वतन्त्रतर्फका मेयर उम्मेदवार बालेन शाहले निरन्तर रूपमा अग्रता कायम राखेका छन्।
पछिल्लाे जानकारीअनुसार उनी ४२९०२ मतसहित शीर्ष स्थानमा रहेका छन्। त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २४८६७ मतसहित दाेस्राे स्थानमा रहेकी छन् भने उनी शाहभन्दा १८०३५ मतले पछाडि छिन्।
साथै, नेकपा एमालेका केशव स्थापित २३९८५ मतसहित तेस्रो स्थानमा छन्। उनी सिर्जना सिंहभन्दा ८८२ मतले पछाडि छन्।
मतगणना जारी छ।
२०७९ जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित









