यौन शोषण गरेकाे भन्दै मनोज पाण्डेविरुद्ध अर्की युवती पनि उजुरी दिने तयारीमा

काठमाडाैँ । कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले यौन शोषण गरेको भन्दै अर्की युवतीले पनि प्रहरीमा उजुरी दिने तयारी गरेकी छन् ।

आइतवार अपराध महाशाखा पुगेर ती युवतीले आफुलाई पनि मनोज पाण्डेले यौन शोषण गरेको खुलाएको स्रोतले बताएको छ ।

यसअघि ८ वर्ष पहले सुन्दरी प्रतियोगितामा सहभागी एक युवतीले आफुलाई पाण्डेले बलत्कार गरेको भन्दै सामाजिक सञ्जालमा कन्फेसनल भिडियो पोष्ट गरेकी थिइन् ।

बलात्कार आरोपित पाण्डेलाई कारवाहीको दायरमा ल्याउन सडकदेखि सदनसम्म आवाज उठिरहेको छ । आरोपित पाण्डेलाई शनिवार नै प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + six =