काठमाडाैँ महानगरमा ३५७५१ मतसहित बालेन शाह शीर्ष स्थानमा
२०७९ जेठ ७ गते

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका स्वतन्त्रतर्फका मेयर उम्मेदवार बालेन्द्र शाह (बालेन)ले निरन्तर रूपमा अग्रता कायम राखेका छन्।
पछिल्लाे जानकारीअनुसार उनी ३५७५१ मतसहित शीर्ष स्थानमा रहेका छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित १९२४८ मतसहित दाेस्राे स्थानमा रहेका छन् भने उनी शाहभन्दा १६५०३ मतले पछाडि छन्।
साथै, नेपाली कांग्रेसकी सिर्जना सिंह १९०८३ मतसहित तेस्रो स्थानमा छिन्।
मतगणना जारी छ।
२०७९ जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित









