ओलीको गृहनगरमा एमालेले राप्रपालाई उछिन्यो
२०७९ जेठ ४ गते

काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा दमकमा नेकपा एमालेले राप्रपालाई उछिनेकाे छ ।
बुधवार बिहानसम्म अग्रता लिइरहेकाे राप्रपालाई अहिले एमालेले उछिनेकाे हाे ।
एमालेबाट दमकका मेयर उम्मेदवार गीताकुमारी पौडेल अधिकारीले ११३११ मतका साथ राप्रपाका उम्मेदवार रामकुमार थापालाई पछाडि पारेकी हुन् । थापाले ११२७७ मत ल्याएका छन् ।
त्यस्तै, संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार यामबहादुर लिम्बुले २१५ मत पाएका छन् ।
२०७९ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित








