लमही नगरपालिकामा कांग्रेस विजयी

काठमाडाैँ । दाङकाे लमही नगरपालिकामा अत्यधिक बहुमतका साथ कांग्रेस विजयी भएको छ ।

मेयरमा कांग्रेसका जोगराज चौधरी ९ हजार ३ सय १७ मतका साथ विजयी भएका छन् । चौधरी २०७४ मा एमालेका कुलबहादुर केसीसँग पराजित भएका थिए ।

निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका बसन्तराज शर्माले ७ हजार २ सय ८५ मत प्राप्त गरेका छन् । एमालेका दण्डीराम चौधरीले ५ हजार ५ सय ३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा कांग्रेसकी लक्ष्मी योगी ८ हजार ७ सय ३७ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रकी गंगा पाण्डेले ५ हजार ८ सय ४८ र एमालेकी सुशिला शर्माले ५ हजार ३ सय १२ मत प्राप्त गरेकी छन् ।

२०७४ मा मेयर जितेको एमाले यसपटक शून्य भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *