गोकर्णेश्वर ६ मा अध्यक्ष एमाले, चारै सदस्यमा काङ्ग्रेस विजयी

काठमाडौँ । काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । उक्त वडाको अध्यक्षमा एमालेका उम्मेदवार नवराज लामा विजयी भएका हुन् । उनलले निकटतम प्रतिद्वन्दी काङ्ग्रेसका दीपक लामालाई ७७ मतले पराजित गरेका छन् । उनले खसेको ३७०१ मतमा १४२७ प्राप्त गरेका छन् ।

वडाको अन्य ४ सदस्य पदमा भने काङ्ग्रेसले जितेको छ । ६ वटा वडाको मतगणना सकिँदासम्म गोकणेश्वर नगरको मेयर र उपमेयरमा नेपाली काङ्ग्रेसले अग्रता लिइरहेको छ ।

मेयरमा काङ्ग्रेसका दीपककुमार रिसालले ७१३२ मत प्राप्त गरि निकटम प्रतिद्वन्दी एमालेका उद्वब बिष्टलाई ४६३ मतले पछि पारेका छन् ।

यसैगरी उपमेयरमा काङ्ग्रेसकै शान्ति नेपालले ६६९२ मत ल्यार्इ निकटतम प्रतिद्वन्दी एमालेकी सान्नानी लामालार्इ ३५ मतले पछि पारेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =