एमालेले खोल्यो साढे ७ महिनादेखिकाे संसद अवरोध

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसदको अवरोधमा विरोधको शैली परिवर्तन गरेको छ ।

यसअघि नाराबाजी गर्दै आएको एमालेले मंगलबारदेखि सुरू भएकाे बजेट अधिवेशनमा विराेधकाे शैली परिवर्तन गर्ने भन्दै अवराेध खाेलेकाे हाे ।

एमालेका उपमहासिचव प्रदीप ज्ञवालीले मंगलबार संसदकाे रोष्ट्रमबाट बाेल्दै देश फरक कोर्षमा अघि बढिसकेको भन्दै विरोधको स्वरुप परिवर्तन गरेको जनाएको छ ।

एमाले पार्टी विभाजनमा सभामुख अग्नी सापकाेटाले भूमिका खेलेकाेले उनले राजीनामा दिनु पर्ने, एमालेले पार्टीबाट निष्काशित गरेका सांसद माधवकुमार नेपालसहितलाइ सांसदपदबाट हटाएकाे सूचना टाँस गर्नुपर्ने लगायत मागसिहत २३ भदौ २०७८ देखिको एमालेले संसद अवराेध गर्दै अाएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =