कार्यव्यवस्था परामर्श समिति बैठकमा एमाले अनुपस्थित

काठमाडौँ । संघीय संसद प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले अनुपस्थित भएको छ ।

संसदको बजेट अधिवेशनको कार्यतालिका तय गर्न सभामुखले संसद भवन नयाँ बानेश्वरमै बोलाएको बैठकमा एमाले अनुपस्थित भएको हो ।

यसअघिबाटै एमालेले संसदको कार्यव्यवस्था समितिको बैठक बहिष्कार गर्दै आएको छ । २०७८ भदौ २३ गतेदेखि नै एमालेले संसद बैठकलाई समेत एमालेले अवरोध गर्दै आएको छ ।

एमाले पार्टी विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेकोले उनले राजीनामा दिनुपर्ने, आफ्नो पार्टीले निष्कासन गरेका माधाव नेपालसहित १४ जना सांसदलाई सांसदबाट हटाइएको सूचना टाँस गर्नुपर्ने जस्ता माग राख्दै एमालेले संसद अवरोध गर्दै आएको छ ।

स्थानीय निर्वाचनपछि बनेको नयाँ परिदृष्यमा अब एमाले कसरी अघि बढ्छ त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =