दुई देशका लागि राजदूतको नाम संसदीय समितिबाट अनुमोदन
२०७९ जेठ ३ गते

काठमाडौँ । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाई समितिले दुई देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।
समितिका सभापति लक्ष्मणलाल कर्णको सभापतित्वमा मंगलबार बसेको बैठकले चीन र दक्षिण अफ्रिकाका लागि सरकारले प्रस्ताव गरेको नाम अनुमोदन गरेको हो ।
सरकारले चीनका लागि विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि दामबहादुर तामाङको नाम प्रस्ताव गरेको थियो ।
२०७९ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित









