धाँधली भएको भन्दै रुपन्देहीको तिलोत्तमामा मतगणना स्थगित
२०७९ जेठ ३ गते

काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना अहिले रोकिएको छ।
मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि नगरपालिकामा मतगणना रोकिएको हो। तिलोत्तमा नगरपालिकामा रहेको यातायात कार्यालयमा भएको वडा नं १६ र २ को मतगणना रोकिएको हो।
मतगणनापछि सङ्ख्या टिपोट गर्ने क्रममा गणक र पार्टी प्रतिनिधिबीच मत सङ्ख्यामा फरक पर्न गएकाले वास्तविक तथ्याङ्क हेरेर गणना अगाडि बढाइने सहमति भएको निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले बताए।
अहिले मतगणनास्थल बाहिर कांग्रेसका कार्यकर्ताले नाराबाजी गरिरहेका छन्।
२०७९ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित








