माधव नेपालको टिप्पणी– गठबन्धनका दलले राम्रो सहकार्य गरेनन् (भिडिओसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा आफ्नो दलले अपेक्षित परिणाम ल्याउन नसकेको स्वीकार गरेका छन् ।
पार्टी कार्यालयमा मंगलबार आयोजित मदन–आश्रित स्मृति दिवस कार्यक्रमर्लाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धनका घटकबाट राम्रो सहकार्य र साथ नपाएको टिप्पणीसमेत गरेका छन् ।
भिडिओ
‘अझै पनि हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौ,’ उनले भने, ‘हामीसँग गठबन्धन दलका घटकहरुले राम्ररी सहकार्य गर्न चाहेनन् ।’
आफूहरुले निर्वाचन र गठबन्धनबीचको सहकार्यबारे गम्भीर समीक्षा गर्ने उनले बताएका छन् ।
‘हामीले गठबन्धन कार्यको पनि समीक्षा गर्नेछौँ,’ उनले भने, ‘समीक्षा गरेर हामीले कहाँ राम्रो गर्यौँ कहाँ त्रुटि गर्यौँ भन्ने छौँ ।’
परिणाम जेसुकै आए पनि पार्टीलाई जनताको बीचमा बलियो बनाउनुपर्ने उनको भनाइ छ ।









