विराटनगर १७ मा जसपाको प्यानलै विजयी
२०७९ जेठ २ गते

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १७ मा जनता समाजवादी पार्टीले प्यानलै जितेको छ। यसअघिका वडा अध्यक्ष समिम कमर मियाले १ हजार ४५० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका असमल आलमले ९४४ मत प्राप्त गरे । आलम यसअघि विराटनगर १५ का तत्कालीन संघीय समाजवादी फोरमबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनी कांग्रेस प्रवेश गरेर वडा नम्बर १७ मा उठेका थिए ।
वडा नंं १७ को सदस्यमा जसपाका जाकिर आलम महमद मन्जर आलम, महिला सदस्यमा चुलिया देवी साह र दलित महिला सदस्यमा बसन्तीदेवी पासवान निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित









