पाँचथरको कुम्मायक गाउँपालिकामा गठबन्धन विजयी

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वंमप्रसाद लावती र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)मा महेन्द्रबहादुर खड्का विजयी भएका हुन् ।

अध्यक्ष पदमा लावतीले ३०५७ मत ल्याउँदै नेकपा (एमाले)का भीमप्रसाद सम्बाहाम्फेलाई लिम्बुलाई पराजित गरेका हुन् । लिम्बुले २९०० मत प्राप्त गरेका थिए । उपाध्यक्षमा माओवादीका खड्काले २७५८ मत ल्याउँदा एमालेका सीता आचार्यले २७२४ मत ल्याइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + six =