विराटनगर महानगरपालिका-१९ मा एमाले निर्वाचित
२०७९ जेठ २ गते

विराटनगर । विराटनगर महानगरपालिका -१९ मा नेकपा एमालेका श्याम घिमिरे निर्वाचित भएका छन् । उनले ९८७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उदय राजवंशीले ९०५ मत प्राप्त गरे ।
योसँगै विराटनगर महानगरपालिका भित्र वडा अध्यक्षको नतिजा आउन थालेको छ । अहिले वडा नम्बर १, २, १६,१७ र १८ नम्बर वडाको मत गणना भइरहेको छ ।
२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित









