विराटनगरमा मेयरमा गठबन्धन अगाडि, उपमेयरमा एमाले

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका नागेश कोइरालाले ४५३१ मत ल्याउँदा नेकपा एमालेका सागर थापाले ३३१५ मत प्राप्त गरेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवको लालटिनले १३६९मत प्राप्त गरेको छ । उपमेयर पदको लागि नेकपा एमालेको शिल्पा कार्कीले ३७६३ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले २४२५ मत प्राप्त गरेका छन् । राप्रपाकी विन्दाकुमारी लुइँटेलले ९५४ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =