विराटनगरमा १२६९४ मत गनियो, मेयरमा कांग्रेस अगाडि

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् । पछिल्लो विवरणअनुसार १२६९४ मत गणना गर्दा कोइरालाले ४०३० ल्याएका छन् भने नेकपा एमालेका सागरकुमार थापाले २८११ मत प्राप्त गरेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवले १३३९ मत ल्याउँदा राप्रपाका प्रहदाल प्रसाद साहले ६९६ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेकी शिल्पा कार्कीले ३२२९ मत ल्याउँदा गठबन्धनका उपमेयरका उम्मेदवार जसपाका अमरेन्द्र यादवले २२८९ मत ल्याएर पछ्याई रहेका छन् । राप्रपाकी बिन्दा कुमारी लुइँटेल ८६५ मत ल्याउँला स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =