वीरेन्द्रनगर–१ काे वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी
२०७९ जेठ १ गते

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ मा कांग्रेसका दिनेश खत्री वडा अध्यक्ष पदमा विजयी भएका छन् ।
खत्रीले १४८५ र नेकपा एमालेका गंगाराम सुनारले १४४४ मत प्राप्त गरेका छन् । खत्रीले सुनारलाई ४१ मत अन्तरले हराउँदै वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
पराजित सुनार २०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
२०७९ जेठ १ गते
प्रतिक्रिया









