कञ्चनपुरका ४ पालिकामा कांग्रेसको अग्रता, एमाले पछ्याउँदै

धगनढी । कञ्चनपुरको पुनर्वास नगरपालिकाबाहेक जिल्लाका आठ स्थानीय तहमा मतगणना भइरहेको छ । प्रारम्भिक मतपरिणाम अनुसार यी आठ पालिकामध्ये चार पालिकामा नेपाली कांग्रेसले प्रमुख र उपप्रमुख दुवैमा अग्रता लिएको छ ।

कांग्रेसले कञ्चनपुर सदरमुकामको भीमदत्त नगरपालिका, दोधाराचाँदनी, कृष्णपुर र बेदकोट नगरपालिकाको मेयर उपमेयर दुवैमा अग्रस्थान हासिल गरेको छ । यी पालिकामा एमालेले कांग्रेसलाई पछ्याउँदै छ ।

यस्तै लालझाडी गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसले अग्रता कायम राखेको छ । जिल्लामा नेपाली कांग्रेस र नेकपा एमाले एक्लै चुनावमा भिडेका छन् भने माओवादीले केही स्थानीय तहमा एकीकृत समाजवादीसँग तालमेल गरेको छ ।

एक्लै चुनाव लडेको बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्रले मेयर उपमेयर दुवैमा अग्रता बनाएका छ । बेलौरीमा माओवादीलाई एमाले र कांग्रेसले पछ्याइरहेका छन् ।

यस्तै माओवादी र समाजवादीको गठबन्धन रहेको शुक्लाफाँटामा गठबन्धनका मेयर, उपमेयर दुवैका उम्मेदवार अग्रस्थानमा छन् । उनीहरुलाई एमाले र कांग्रेसले पछ्याइ रहेका छन् ।

नेकपा एमालेले एक मात्रै स्थानीय तहको प्रमुखमा अग्रता बनाएको छ । लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार अगाडि रहँदा उनलाई माओवादी र कांग्रेसले पछ्याइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 4 =