खोटाङको जन्तेढुङ्गामा माओवादीकी अरुणादेवी राई निर्वाचित
२०७९ जेठ १ गते

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई निर्वाचित भएकी छन् ।
गाउँपालिका अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेकी राई २८८१ मत पाएर निर्वाचित भएकी हुन् । उनले निवर्तमान गाउँपालिका अध्यक्ष नेकपा एमालेका शंकरबहादुर राईलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएको गाउँपालिकाका निर्वाचन अधिकृत मानबहादुर मगरले जानकारी दिए । पराजित शंकरले २५७५ मत प्राप्त गरेका छन् ।
गाउँपालिका उपाध्यक्ष नेपाली काँग्रेसका खेमबहादुर खड्का २८१२ मतसहित निर्वाचित भएका छन् । उनले गाउँपालिको निवर्तमान उपाध्यक्ष रहेकी विमला राईलाई पराजित गरेका हुन् । राईले २५९५ मत पाएका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारले जितेको थिए।
२०७९ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित









