तोलामा १३ सयले घट्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँले सस्तिएर कारोबारमा आएको छ ।

यस दिन छापावाल सुनको भाउ ९६ हजार ५०० रुपैयाँमा आइपुगेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

वैशाख २९, ३० र ३१ गते प्रतितोला छावावाल सुन ९७ हजार ८ सय रुपैयाँ रहेको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँ रहेको थियो ।

आइतबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले ृघटेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 6 =